२०७९ जेठ १२ गते बैठकको निर्णयहरु


आज मिति २०७९ जेठ १२ गते नेपाल पत्रकार महासंघ दाङको नियमीत बैठक पत्रकार महासंघ दाङका अध्यक्ष दुर्र्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले निम्नानुसारको निर्णयहरु गरेको छ–
१) मिति २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित दाङका सम्पूर्ण स्थानीय तहमा जनप्रतिनिधीहरु निर्वाचित भईसकेकाले सम्पूर्ण स्थानीय तहहरुलाई मिडीयामैत्री बनाउनकालागी मिडियामैत्री निति तथा कार्यक्रम निर्माण गर्न अनुरोध गर्ने निर्णय गरियो ।
२ं) मिति २०७९ जेठ १३ गते शुक्रवार सहिद कृष्णसेन ईच्छुकको २० औँ स्मृति दिवश नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा बिहान ११ बजे कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरियो ।
३) मिति २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित दाङका १० वटै स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुसँग परिचयात्मक कार्यक्रम यही मिति २०७९ जेठ १७ गते घोराहीमा आयोजना गर्ने निर्णय गरियो ।