...

नेपाल पत्रकार महासंघ दाङको परिचय

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा छाता संस्था हो । पत्रकार महासंघ दाङ शाखामा अहिले २ सय ७२ जना सदस्यहरु छन् । पत्रकारहरुको व्यवसायीक हकहित, पेशागत सुरक्षा, क्षमता विकास र पत्रकारिताको विकासका लागि महासंघ सक्रिय छ । पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवद्र्धन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने गरेको छ ।


स्थानीय तहको योजना तर्जुमा समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया

फ्रि मिडिया नेटवर्कको आयोजना र नेपाल पत्रकार महासंघ दाङको समन्वयमा २०७९ फाल्गुन ४ गते बुधबार घोराहीमा स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको

...

फिचर सेवा २०७७

नेपाल पत्रकार महासंघ दाङ शाखाले फेलोशिप (लेखनवृत्ती) मा आधारित फिचरसेवा प्रकाशन शुरुवात गरेको छ । पत्रकारहरुलाई बिभिन्न विधामा खोजमुलक समाचार लेखनका लागि बिभिन्न निकायको सहकार्यमा लेखनवृत्ती प्रदान गर्ने र त्यस्ता सामग्री फिचर सेवामा प्रकाशन गर्ने योजना बनाएका छौं । यसले पत्रकारहरुलाई खोजमुलक पत्रकारितामा आकर्षित गर्नुका साथै पत्रकारितामा गुणस्तर बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिइएको छ । साथै पत्रकारहरुलाई पत्रकारितामै आत्मनिर्भर बनाई पेशामा दिगोपना ल्याउन पनि यो सेवा सहयोगी हुने आशा गरेका छौं । फिचर सेवामा प्रकाशित सामग्रसञ्चार माध्यमले ‘साभार ः फिचर सेवा, नेपाल पत्रकार महासंघ दाङ शाखा’ लेखेर पुनः प्रकाशन÷प्रशारण गर्न सक्नेछन् ।


दीगो र समुन्नत विकासका लागि मिडियाको महत्वपूर्ण भूमिका : अध्यक्ष पोख्रेल

दाङ, ४ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दिगो र समुन्नत विकासका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । उहाँले स्थानीय तहको योजना तर्जुमा जनताको सहभागीता गराउनदेखि छनोट भएका योजनाहरुलाई सही रुपमा कार्यान्वयन गराउनका लागि संचार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनुभएको हो । फ्रि मिडिया नेटवर्क दाङको आयोजना तथा नेपाल