२०७९/०१/१८ गते महासंघ दाङ शाखाको बैठकका निर्णयहरु

नेपाल पत्रकार महासंघ दाङ शाखाका बैठक मिति २०७९/०१/१८ गते घोराहीमा सम्पन्न भएको छ । महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णयहरु गरेको छ–

१) यही मिति २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता पालना गरेर समाचार सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारकर्मी एवं सञ्चारमाध्यमहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।
२) मिति २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदानको दिन समाचार संकलनकालागी पत्रकार परिचपत्रका आधारमा र सवारी साधन अनुमतिपत्र नेपाल पत्रकार महासंघको सिफारिसमा उपलब्त्र गराउन सहजिकरण गर्ने निर्णय गरियो ।
३) मिति २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उमेद्वारहरुसँग नेपाल पत्रकार महासंघको आयोजनामा उमेद्वारका एजेण्डा बिषयक बहस कार्यक्रम आयोजना गर्ने निर्णय गरियो ।
सचिव– आर.के.शीतल