उम्मेदवारसंग चुनावी बहस

तुलसीपुरमा उम्मेदवारसंग चुनावी एजेण्डा सम्बन्धी बहस कार्यक्रम भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा तुलसीपुर क्षेत्रका उम्मेदवारसंग शुक्रबार चुनावी एजेण्डा संबन्धी बहस भएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले पहिले नै यो या त्यो गर्छु भन्दा पनि आफुले चुनाव जितेमा तुलसीपुरमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी मठमन्दीर, एयर्पोटको विकास गर्दै तुलसीपुरलाई सफाई युक्त उपमहानगरपालिकाको रुपमा विकास गर्ने बताए ।
तुलसीपुरका केही विकट वडाहरुमा अहिले पनि त्यहाँ यातायातका साधनहरु नपुगेकाले पहिलो प्राथमिकतामा बाटो बनाउने देखि यातायात पु¥याउने काम गर्ने बताए । त्यसैगरी स्वच्छ पानी जनताहरुको माँझमा पुर्याउने, तुलसीपुरमा रहेका फुसको छानायुक्त घरमा जस्तापाता वितरण गर्ने, गगन थापा स्वास्थ्यमन्त्री भएको समयमा नेपाल सरकारले ३७ वटा औषधी निःशुल्क रुपमा बिरामीहरुलाई दिने भनी ल्याएको अवधारणालाई कार्यान्वयनमा ल्याउने, जिर्ण अवस्थामा रहेका विद्यालयका भवनहरु निर्माण गर्दै गुणस्तरिय शिक्षा दिने, तुलसीपुरमा रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाए ।
त्यसैगरी नेकपा एमालेबाट मेयर पदका उम्मेदवार टिकाराम खड्काले तुलसीपुरमा रहेका सडकहरुलाई मापदण्ड अनुसार बनाईने बनाउने बताए । तुलसीपुरलाई सफा हराभरा सहर बनाउदैं तुलसीपुरमा रहेको एयरर्पोटको स्तर बृद्धि गरेर ४२ सिट भन्दा माथीका यात्रु बोक्ने हवाई जहाज नियमित रुपमा चल्ने बनाउनका लागि पहल गर्दै दाङलाई नै पर्यटनको केन्द्र बनाउने प्रतिवद्धता जनाए । त्यसैगरी शिक्षा, स्वास्थ्य क्षेत्रमा तुलसीपुरले फड्को मारेको बताउँदै आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीका लागि निशुल्क शिक्षाका लागि पहल गर्ने बताए । प्रत्येक वडामा वडास्वास्थ्य क्लिनिक स्थापना भएको बताउँदै बृद्धबद्धाहरुको स्वास्थ्य उपचारका लागि बिशेषज्ञ घुम्ती शिविर सञ्चालन गरी, सामाजिक शुरक्षा भत्ता घरमै गएर वितरण गर्ने प्रतिवद्धता जनाए । खानेपानीको लागि लिफ्ट खानेपानी व्यवस्थालाई व्यवस्थित गरेर तुलसीपुरको खानेपानीको सहलगानी मार्फत व्यवस्थित गर्ने, उद्योगकका रुपमा कृर्षी क्षेत्रलाई अगाढी बढाउने बताए ।
जसपाबाट तुलसीपुरमा मेयर पदका उम्मेदवार टोप बहादुर महतराले आर्थिक व्यवस्थापन देखि हरेक कुरामा चुहावत भईरहेकाले त्यसलाई व्यवस्थित रुपमा अगाडी बढाउनका लागि मेयर पदमा उम्मेदवारी दिएको बताए । उनले आफु निर्वाचित भएमा तुलसीपुरमा हुने भ्रष्ट्राचार अन्त्य गर्दै, अवैध उत्खनन अन्त्य गर्ने, वडा वडामा रहेका स्वास्थ्य चौकीलाई व्यवस्थित गर्ने, स्वास्थ्य, कृर्षीलाई व्यवस्थित गर्नुका साथै कक्षा एकदेखि दशसम्म निशुल्क शिक्षा लागू गर्ने बताए ।
सोही अवसरमा गठबन्धनबाट उपमेयर पदका उम्मेदवार जोग बहादुर रानाले आफुहरुले चुनाव जितेमा जनताहरुका लागि गास, वाँस र कपासको व्यवस्था गर्ने बताए । सुकुम्वासीहरुलाई व्यवस्थित गर्ने, एयर्पोटको स्तर वृद्धि गर्ने बताए । त्यसैगरी नेकपा एमालेबाट तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर पदकी उम्मेदवार स्यानी चौधरीले आफुले चुनाव जितेमा तुलसीपुरमा कक्षा एकदेखि १२ कक्षासम्म नि:शुल्क गुणस्तरिय शिक्षा लागू गर्ने बताईन् । स्वास्थ्यका लागि तुलसीपुरमै सबै खाले उपचार हुने खालको व्यवस्था गर्ने, महिला नेतृत्वका लागि क्षमता अभिवृद्धी तालिमको व्यवस्था गर्ने, असाहय बालबालिका तथा बृद्धबृद्धाहरका लागि बस्ने व्यवस्था गर्ने, हिंसामा परेका व्यक्तिका लागि शुरक्षा आभास निर्माण गरी तुलसीपुरलाई आहा तुलसीपुर गराउने बताईन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शितलले गरेका थिए ।
-तुलसीपुर अनलाइनमा प्रकाशित