सम्पादकहरुसँग छलफल


नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना र जिल्ला शाखाको संयोजनमा असाेज १६ गते घाेराहीमा जिल्लामा काेराेना महामारीले मिडीयामा पारेकाे प्रभाव, मिडीयामा लैंगीक समानता र समावेशीता सम्बन्धी सम्पादक, प्रकाशकहरुसँग अन्तरक्रीया कार्यक्रम सम्पन्न भयो ।
नेपाल पत्रका महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीकाे अध्यक्षता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पाेख्रेलकाे प्रमुख आतिथ्य र निवर्तमान केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यकाे बिशिष्ट आतिथ्यमा भएकाे कार्यक्रममा उपाध्यक्ष बसुन्धरा गाैतमले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे सहजिकरण सचिव आर.के. शीतलले गर्नुभएकाे थियाे । कार्यक्रममा जिल्लाका अग्रज पत्रकार, सम्पादकहरूकाे उपस्थिति रहेकाे थियाे ।