मिडिया सञ्चालकहरुसँग सुझाव संकलन

नेपाल पत्रकार महासंघ दाङको आगामी कार्ययोजना निर्माणका क्रममा आज जिल्लाका अग्रज पत्रकार एवं मिडीया सञ्चालकहरुसँग सल्लाह सुझाव संकलन कार्यक्रम सन्पन्न भएको छ ।
महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता र संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू, पूर्व केन्द्रीय सदस्यहरू, प्रेस काउन्सीलका सदस्य, जिल्लाका अगुवा पत्रकार र मिडिया सन्चालकहरूले महत्वपूर्ण सुझाबहरू दिनुभएको छ ।
कार्यक्रममा महासंघका उपाध्यक्ष बसुन्धरा गौतमले स्वागत र उपाध्यक्ष सन्तोष सुवेदीले बिषयमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सन्चालन महासंघका सहसचिव दिप्तीशिखा चौधरिले गर्नुभएको थियो ।