दाङको पत्रकारिता : इतिहास, विकास र विस्तार


–दुर्गालाल केसी

सारसंक्षेप 

पत्रकारिताका दृष्टिकोणले दाङ महत्वपूर्ण जिल्ला मानिन्छ । राप्तीको केन्द्रका रुपमा रहेको दाङले यस क्षेत्रको पत्रकारितामा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । छापा, बिधुतीय तथा डिजिटल माध्यमबाट दाङमा भएको पत्रकारिताको विकासका साथै पत्रकार महासंघको स्थापना र विकाससँग सम्बन्धित इतिहास लेखिन आबश्यक भएकोले यो आलेख तयार पारिएको छ । यसमा दाङको पत्रकारिता र पत्रकार महासंघको समग्र गतिबिधिहरुको अध्ययन गरी प्राप्त तथ्यहरुका आधारमा विवरणहरु प्रस्तुत गरिएको छ । जिल्लाको पत्रकारितालाई एकै ठाउँबाट बुझ्न यो लेख उपयोगी हुने बिश्वास लिइएको छ ।

शव्दकुञ्जी ः

पत्रकारिता, पत्रकार, इतिहास, समाचार, प्रेस, पत्रपत्रिका, छापा माध्यम, बिधुतीय माध्यम, विकास ।

परिचय ः

नेपालमा बि. सं. १९०८ मा राणा प्रधानमन्त्री जंगबहादुरले बेलायत भ्रमणबाट फर्कदा हाते गिद्धे प्रेस ल्याएपछि छापाखानाको शुरुवात भएको मानिन्छ । बि. सं. १९४३ मा मोतीराम भट्ट र रामकृष्ण बर्माद्वारा भारतको वनारसबाट प्रकाशित ‘गोर्खा भारत जीवन’ बाट नेपाली पत्रकारिताको शुरुवात भएको पाइन्छ । बि. सं. १९५५ साउनमा नेपालमै पहिलोपटक प्रकाशित साहित्यिक पत्रिका ‘सुधासागर’ मासिकले देशभित्रै पत्रकारिताको शुरुवात गर्न सहयोग पु¥यायो । पत्रकारिताको शुरुवात साहित्यिक पत्रकारिताबाट भएको थियो । समाचारमुलक पत्रकारिताको शुरुवात बि. सं. १९५८ मा प्रकाशित ‘गोर्खापत्र’ साप्ताहिकमार्फत भयो । यो नेपालबाट निस्केको पत्रिकामा माहिलो पत्रिका हो । पत्रिकाको लहरमा यो माहिलो भए पनि नेपाली माटोमा समाचारपत्रको रुपमा उम्रेका बिरुवाहरुमा यसलाई जेठो भन्नुपर्छ । (देवकोटा, २०२४, पेज २८–२९)

सूचना विभागले प्रकाशन गरेको नेपाल परिचय पुस्तकमा उल्लेख भएको तथ्यांक अनुसार आ. व. २०७७/०७८ सम्म नेपालमा ७८७४ पत्रपत्रिका दर्ता भएका छन् । प्रेस काउन्सील नेपालको ४६ औं बार्षिक प्रतिवेदन २०७७÷०७८ मा उल्लेख भए अनुसार नेपालभर दर्ता भई काउन्सिलको अभिलेखमा प्राप्त भएका कुल ४७८९ पत्रपत्रिकामध्ये आर्थिक वर्ष २०७७÷०७८ मा ९१९ (१९.१९%) अखबारहरू मात्र प्रकाशित भएका छन् । यीमध्ये दैनिक २०६, अर्धसाप्ताहिक ४, साप्ताहिक ५२४ र पाक्षिक १३, मासिक ११९, द्वैमासिक १८, त्रैमासिक ३१ र अन्य ४ रहेका छन् ।

पत्रपत्रिका दर्ताका आधारमा बाग्मती प्रदेश पहिलो स्थानमा देखिन्छ । यो प्रदेशमा २६५७ वटा अर्थात् ५५.४८% पत्रपत्रिका दर्ता भएका छन् । यसैगरी प्रदेश नं. २ मा ७१० (१४.८२%) र प्रदेश नं. १ मा ५२९(११.०४%) पत्रपत्रिका दर्ता भई क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । सबैभन्दा कम पत्रपत्रिका दर्ता भएको कर्णाली प्रदेश हो । यहाँ जम्मा ८५(१.७७%) पत्रपत्रिका मात्र दर्ता छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा ३२०(६.६८%), गण्डकी प्रदेशमा २८०(५.८५%) र सुदूरपश्चिम प्रदेशमा २०८(४.३४%) पत्रपत्रिका दर्ता भएका छन् ।

जिल्लागत आधारमा दर्ता भएका पत्रपत्रिकाको तथ्याङ्क हेर्दा अझै पनि मुगु र मनाङ गरी दुई जिल्लामा कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् । भौगोलिक विकटता, पूर्वाधारको कमीले गर्दा यी जिल्लामा पत्रपत्रिका प्रकाशन दर्ता नभएको देखिन्छ । सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौँ हो । काउन्सिलको अभिलेखअनुसार यहाँ आ.व.२०७७÷०७८ सम्ममा कुल २००० वटा पत्रपत्रिका दर्ता भएका छन् । यो सङ्ख्या कुल पत्रपत्रिका दर्ता सङ्ख्याको ४१.७६% हुन आउँछ ।

प्रेस काउन्सीलको अभिलेख अनुसार अहिलेसम्म दाङबाट दैनिक ११, अर्धसाप्ताहिक १, साप्ताहिक १५, मासिक १, द्वैमासिक १ र त्रैमासिक ५ गरी ३४ पत्रिका दर्ता भएका छन् । काउन्सीलमा दर्ता भएका सबै पत्रिकाहरु नियमित प्रकाशन हुन सकेका छैनन् । दाङबाट हाल नियमितरुपमा दैनिक ६, साप्ताहिक ४, द्वैमासिक १ र त्रैमासिक १ पत्रिकाहरु प्रकाशन भैरहेका छन् । यसैगरी १७ एफ्एम् रेडियो र ५ वटा टेलिभिजनहरु सञ्चालनमा छन् । तीन दर्जन बढी अनलाइनहरु सञ्चालन भैरहेका छन् र दिनहुँ यिनको संख्या बढिरहेको छ ।

अध्ययनको उद्धेश्य :यस अध्ययनका निम्न अनुसारका उद्धेश्यहरु रहेका छन् ः
 दाङको पत्रकारिताको इतिहास र विकासबारे अध्ययन गर्ने ।
 दाङको पत्रकार महासंघको इतिहास र विकासबारे अध्ययन गर्ने ।
 दाङको पत्रकारिताको इतिहासलाई अभिलेखिकरण गर्ने ।

अध्ययनको महत्व ः

यस अध्ययनले दाङको पत्रकारिताको इतिहासलाई अभिलेखिकरण गर्नेछ । दाङको पत्रकारिता र पत्रकार महासंघ सम्बन्धी जानकारी लिन चाहनेका लागि यो लेख निकै नै उपयोगी छ । हालसम्म व्यवस्थित लिखित इतिहास नभएकाले यसको वर्तमान र भबिस्यका लागि निकै नै महत्व छ । दाङको पत्रकारिताबारे अध्ययन अनुसन्धान गर्न चाहनेका लागि यो नै महत्वपूर्ण सन्दर्भ सामग्री हुनेछ ।
अध्ययनको विधि ः
यस अध्ययनमा निम्न अनुसारका बिधिहरु अवलम्वन गरिएको छ ः
– पुस्तकालय अध्ययन
– प्रकाशित सन्दर्भ सामग्रीको अध्ययन
– स्थलगत अध्ययन
– विज्ञहरुसँग अन्तर्वाता
-समूह छलफल
अध्ययनको सिमा ः
यस अध्ययनले दाङको पत्रकारिता र पत्रकार महासंघको इतिहासलाई समेटेको छ । हालसम्म प्राप्त तथ्य र अग्रजहरुसँग भएका अन्तर्वाताका क्रममा प्राप्त विवरणलाई आधार बनाएर यो लेख तयार पारिएको छ । कतिपय तथ्यहरु लिखितरुपमा फेला परेका छन् भने कतिपय जानकार अग्रजहरुको मौखिक जानकारीका आधारमा संकलन गरिएको छ । लिखित सामग्री कम भएका कारण सबै सामग्रीहरु लिखित स्रोतबाट प्राप्त गर्न कठिन भएको छ ।

छापा माध्यमको इतिहास

२०१७ साल पुस १ गतेदेखि नेपालमा पञ्चायती व्यवस्था शुरु भएपछि बिभिन्न पञ्चायतहरुले आफ्ना गतिबिधि प्रचारप्रसार गर्न पत्रिकाहरु प्रकाशन गरेका थिए । सोही क्रममा राप्ती अञ्चल पञ्चायतले दाङबाट राप्ती सन्देश मासिक पत्रिका प्रकाशन गरेको भनी गृष्मबहादुर देवकोटाले नेपालको छापाखाना र पत्रपत्रिको इतिहास पुस्तकमा उल्लेख गरेका छन् । (पेज ९७) । रामलोचन सिंहको सम्पादनमा २०१९ माघमा उक्त पत्रिका प्रकाशन शुरु भएको, पत्रिकाको एक प्रतिको मूल्य ५० पैंसा र बार्षिक मूल्य १० रुपयाँ रहेको कृुरा पनि पुस्तकमा उल्लेख छ । पत्रिका लिथो गरी छाप्ने गरिएको र पत्रिकाको दाङ देउखुरी गोश्वारा दर्ता नम्बर (दा. दे. गो. द. नं.) १÷०१९ रहेको थियो । (पेज ५६४) । यसबाट यो नै दाङबाट प्रकाशित पहिलो पत्रिका भएको बुझिन्छ ।

यसैगरी देवकोटाले लेखे अनुसार २०२१ माघ १ गतेदेखि मरिचमान सिंहको सम्पादनमा राप्ती दर्पण मासिक पत्रिका प्रकाशन भएको थियो । यो पत्रिकाको सल्यान गौंडा दर्ता नम्बर (स. गौ. द. नं.) १÷०२१ रहेको र एक प्रतिको मूल्य २० पैंसा रहेको थियो । (देवकोटा, २०२४, पेज ५६४) ।

दाङमा २०३३ असोज १७ गते नारायणप्रसाद शर्माको सम्पादनमा युगबोध पाक्षिकको प्रकाशनबाट दाङको समाचारमुलक पत्रकारितामा थप विकास भएको देखिन्छ । हालका नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम्ले नेपाल पत्रकार महासंघ दाङ शाखाले २०६१ मा प्रकाशन गरेको बार्षिक मुखपत्र चौथो अंगमा लेखेको दाङको पत्रकारिता सम्बन्धी इतिहासमा युगबोध पाक्षिक हुँदा बिभिन्न समय लामो अन्तरालपछि मात्र प्रकाशन हुने गरेको उल्लेख छ । त्यतीबेला आर्थिक अभाव, प्रशासनिक हस्तक्षेप र स्रोत साधनको कमी जस्ता कारण पत्रिका नियमित प्रकाशन हुन समस्या भएको देखिन्छ ।

२०३८ सालमा नयाँ युगबोध साप्ताहिक भयो । पञ्चायतकालमा युगबोध प्रकाशनमा समस्या आएपछि २०४० बैशाख १४ देखि प्रभातमणी रेग्मीको सम्पादनमा युगचेतना साप्ताहिक प्रकाशन भएको थियो । २०५५ फागुन ७ गतेदेखि उक्त पत्रिका नयाँ युगबोध दैनिक भएको थियो । पत्रिका दैनिक भए पनि फागुन महिनाभर एक दिन बिराएर प्रकाशित भएको थियो । चैत १ गतेदेखि मात्र शनिबार वाहेक प्रत्येक दिन प्रकाशन भएको थियो । (जिएम्, २०६१, पेज४–६) ।

२०४ सालमा घोराहीबाट भेषराज पौडेलको सम्पादनमा जयनेपाल साप्ताहिक प्रकाशन भएको थियो । हाल यो पत्रिका पनि बन्द छ ।
२०४३ सालदेखि तुलसीपुरबाट रामप्रसाद प्रदिप सम्पादक रहेको राप्ती समाचार साप्ताहिक प्रकाशन हुन थालेको थियो । यो पत्रिका बीचमा घोराहीमा केवि मशालको सम्पादनमा साप्ताहिकरुपमा नै प्रकाशन हुँदै अन्तमा तुलसीपुरमा बसन्त आचार्यको सम्पादनमा दैनिक भएको थियो । हाल यो पत्रिका पनि बन्द छ ।

२०४८ बैशाख १ गतेदेखि सीमारेखा साप्ताहिक प्रकाशन हुन थाल्यो । तोयनाध धिताल प्रधान सम्पादक र प्रकाशक रहेको यो पत्रिका बीचमा केही समय बन्द हुँदै आठ बर्षसम्म प्रकाशन भएको थियो । २०५६ असोजदेखि पत्रिका बन्द भएको थियो । २०४९ बैशाख १ गतेदेखि मधुसुदन पौडेल सम्पादक र दधिराम सुवेदी प्रकाशक रहेको दृष्टिकोण साप्ताहिक प्रकाशन भएको थियो । यो पत्रिका ५० अंक प्रकाशन भएर बन्द भएको थियो । (जिएम्, २०६१) ।

त्यसपछि २०५२ जेठ २६ गतेदेखि गाउँघर सातदिने प्रकाशित हुन थाल्यो । अमर गिरीको सम्पादनमा प्रकाशित भएको यस पत्रिकाले गाउँमुखी सामग्रीलाई प्राथमिकता दिने गथ्र्यो । बिशुद्ध ग्रामिण पत्रकारितालाई जोड दिंदै आएको गाउँधर २०५७ कार्तिक १९ गतेदेखि परिमार्जन भएको थियो । शुरुदेखि नै प्रकाशक रहनुभएका सुशिल गौतम २०६० जेठ ३० गतेदेखि यस पत्रिकाको सम्पादक हुनुभएको थियो । उक्त पत्रिका हाल बन्द छ ।

२०५४ बैशाखदेखि लमहीबाट राप्ती सन्देश साप्ताहिक प्रकाशन भएको थियो । चैलाही सहकारी संस्था प्रकाशक र मुरारीकुमार शर्मा सम्पादक रहेको यो पत्रिका चार बर्षसम्म प्रकाशन भएर बन्द भएको थियो । २०५७ असोज ९ गतेदेखि यस पत्रिकाको प्रकाशन अवधि, सम्पादकीय नेतृत्व र प्रकाशन स्थान समेत परिवर्तन भएको थियो । रामप्रसाद पौडेल प्रधान सम्पादक र प्रकाशक तथा सम्पादक बिपुल पोख्रेल रहेर यो पत्रिका घोराहीबाट अर्धसाप्ताहिकरुपमा प्रकाशन भयो । पछि यो पत्रिका पनि बन्द भयो ।

२०५५ असोज १ गतेदेखि सरयू साप्ताहिक प्रकाशन हुन थाल्यो । दधिराम सुवेदी सम्पादक÷प्रकाशक रहेको यो पत्रिका तीन बर्षसम्म प्रकाशन भएर बन्द भएको थियो । २०५५ कार्तिक २९ गतेदेखि नौलो जनउभार साप्ताहिक प्रकाशन भएको थियो । मधुसुदन बैद्य, माधव खनाल र नरबहादुर अधिकारीको सम्पादक मण्डल रहेको टिमले यो पत्रिका प्रकाशन गरेको थियो । मधुसुदन बैद्य प्रकाशक रहेको यो पत्रिका २०५६ पछि यादव गौतमको सम्पादनमा प्रकाशन भई २०५८ मंसिरदेखि बन्द भएको थियो । देशमा संकटकाल लागेका कारण यो पत्रिका लामो समय प्रकाशन हुन सकेन । शान्ति प्रक्रियापछि फेरी अजयदीप शर्माको सम्पादनमा यो पत्रिका प्रकाशन हुन थाल्यो । (जिएम्, २०६१) । अन्तमा डिल्ली मल्लको सम्पादनमा यो पत्रिका प्रकाशन भएको थियो ।

२०५६ मा मंगोल आवाज पत्रिका प्रकाशन भएको पाइन्छ । २०५७ भदौ २७ गतेदेखि सव्यसाँची साप्ताहिक पत्रिका तुलसीपुरबाट प्रकाशन शुरु भयो । कर्णप्रखर धिताल सम्पादक÷प्रकाशक रहेको यो पत्रिका पनि केही समयपछि बन्द भयो । २०६० जेठदेखि दुर्गालाल केसी सम्पादक रहेको दिगो असल शासन मासिक पत्रिका प्रकाशन भयो । यो पत्रिका दुई बर्षसम्म १३ अंक प्रकाशन भएको पाइन्छ ।

बालपत्रकारिताको अभ्यासका रुपमा २०६१ भदौमा बालसरोकार सञ्चार समूह दाङले केएल् पिडितको सम्पादनमा नवपालुवा द्वैमासिक बालपत्रिका प्रकाशन ग¥यो । २०६२ बैशाखदेखि बंशीकुमार शर्माको सम्पादनमा सूचनापत्र साप्ताहिकको प्रकाशन शुरु भयो । घोराहीबाट २०६२ साउन २५ गतेदेखि गोरक्ष दैनिक प्रकाशन हुन थाल्यो । केपि घिमिरेको सम्पादनमा प्रकाशन हुन थालेको गोरक्ष दैनिक बीचमा बिभिन्न आरोहअवरोह पार गर्दै हाल बिपुल पोख्रेल सम्पादक र सुलोचना गौतम प्रकाशक रहेर प्रकाशन हुँदै आएको छ ।

दश बर्षे सशस्त्र द्वन्द्वका बेला पत्रपत्रिकाले सहजरुपमा विकास हुन पाएनन् । २०६२ सालमा लोकतन्त्र प्राप्तीका लागि राजनीतिक दलहरु एकजुट भएर आन्दोलनमा उत्रिन थाले । २०६२/६३ को जनआन्दोलनपछि फेरी सञ्चार माध्यमको तिव्र विकास भयो । २०६३ पुस १६ गतेदेखि शरद अधिकारीको सम्पादनमा घोराहीबाट गणतन्त्र दैनिक पत्रिका प्रकाशन हुन थाल्यो । उक्त पत्रिका अहिले सविन प्रियाशनको सम्पादनमा निरन्तर प्रकाशन भैरहेको छ । २०६४ मंसिर २५ गतेदेखि केवि चौधरी र सन्तोष दहितको सम्पादनमा थारु भाषाको लौव अग्रासन साप्ताहिक प्रकाशन हुँदै आएको छ ।

२०६७ मंसिरदेखि लक्ष्मी आचार्यको सम्पादनमा समरेखा द्वैमासिक म्यागजिन प्रकाशन हुँदै आएको छ । २०६८ असार २ गतेदेखि घोराहीबाट शरद अधिकारीको प्रकाशन र सम्पादनमा राप्ती पोष्ट दैनिक पत्रिका प्रकाशन शुरु भयो । २०६८ असोज २ गतेदेखि दामोदर बस्नेत ‘राकेश’ को सम्पादनमा बिजौरीबाट साँछीखबर साप्ताहिक प्रकाशन भैरहेको छ ।

दाङमा पहिलोपटक अंग्रेजी पत्रकारिताको अभ्यास स्वरुप दुर्गालाल केसीको सम्पादनमा २०६८ कार्तिकदेखि द गार्डेन द्वैमासिक पत्रिका प्रकाशन भएको थियो । यो नै जिल्लाको पहिलो अंग्रेजी पत्रिका हो । माधव दाहाल प्रकाशक रहेको यो पत्रिका हाल बन्द छ ।

२०७४ फागुन ७ देखि तुलसीपुरबाट गोपाल शर्मा भट्टराई सम्पादक र भुवन गौतम प्रकाशक रहेको प्रदेश टुडे दैनिक पत्रिका प्रकाशन हुन थाल्यो । २०७६ भदौ २ गतेदेखि तुलसीपुरबाट दिपक बोहोरा प्रधानसम्पादक, सन्ध्या सुवेदी सम्पादक र मनुराज शर्मा प्रकाशक रहेको तुलसीपत्र दैनिक प्रकाशन शुरु भयो ।

२०७८ भदौ ७ देखि अनिता पोख्रेल सम्पादक र दिपक बोहोरा प्रकाशक रहेको अग्रिम साप्ताहिक पत्रिका प्रकाशन हुन थालेको छ । २०७८ माघदेखि तुलसीपुरबाट धनराज स्वर्णकारको सम्पादनमा समदूरी साप्ताहिक प्रकाशन भएको छ । यसैगरी ओमप्रकाश गुप्ता सम्पादक रहेको देउखुरी टुडे दैनिक, आदिम केसी सम्पादक रहेको राप्ती सन्देश साप्ताहिक र शेरबहादुर केसी सम्पादक रहेको सिस्ने स्पार्पू जनखबर साप्ताहिक दर्ता भएका छन् तर यी पत्रिका प्रकाशन भएका छैनन् ।

यसैगरी बिभिन्न राजनीतिक दल, भातृ संगठन, शैक्षिक संस्था तथा अन्य संघसंस्थाहरुले बिचारप्रधान मुखपत्रका रुपमा स्मारिकाहरु प्रकाशन गरेका छन् । महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङले २०३४ सालमा चुडाबहादुर बुढाथोकीको सम्पादनमा क्याम्पस बुलेटिन प्रकाशन गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी मालेको मुखपत्रका रुपमा २०३५ सालमा सन्देश प्रकाशन भयो । त्यसलाई निरन्तरता दिंदै नेकपा एमाले प्रचार विभाग दाङले २०६१ कार्तिकमा यसको दोस्रो अंक प्रकाशन ग¥यो । जनता बिद्यापीठ बिजौरीले २०३५ सालमा शैक्षिक प्राज्ञिक प्रकाशनका रुपमा बार्षिक मुखपत्र हैमप्रभा प्रकाशन ग¥यो । यो अहिले पनि प्रकाशन भैरहेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला समिति दाङले २०४७ असोजमा हुँकार प्रकाशन गरेको थियो । २०५० मा मधुसुदन बैद्य, गोपाल गौतम, रेखा शर्मा, डिल्ली शाह र सुमन गौतम विद्रोही सम्पादक मण्डल रहेको यसको दोस्रो अंक प्रकाशन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी माले दाङ–काठमाण्डौ सम्पर्क मञ्चले २०५५ फागुनमा निमकान्त पाण्डेको संयोजनमा दङाली सन्देश प्रकाशन गरेको थियो । २०५५ मा नेपाल भ्रमण बर्ष १९९८ दाङ भ्रमण महोत्सव घोराहीले स्मारिका प्रकाशन गरेको थियो । २०५६ मा भोला अधिकारीको सम्पादनमा नेपाली काँग्रेस दाङ क्षेत्र नं. २ को मुखपत्र चारतारा प्रकाशन भयो ।

२०५६ माघमा नेकपा माले निकट अनेरास्ववियू जिल्ला कमिटी दाङले बिष्णुबहादुर केसीको सम्पादनमा सन्देश प्रकाशन गरेको थियो । सन् २००० जुनमा गोरखा इन्टरनेशनल पब्लिक स्कुलले मिरर प्रकाशन गरेको थियो । सन् २००१ मा गोरखा स्कुलले नै द गोरखा प्रकाशन गरेको थियो । २००१ मै त्रिभुवननगर जेसिजले त्रिभुवननगर जेसिज प्रकाशन गरेको थियो । नेपाल पत्रकार महासंघ दाङ शाखाले २०५७ मंसिरमा स्मारिका प्रकाशन गरेको थियो । महासंघले २०५९ मंसिरमा स्मारिकालाई चौथो अंग नामाकरण गरी प्रकाशन गरेको थियो । यसलाई यसपछिका कार्यसमितिले पनि निरन्तरता दिएको पाइन्छ ।

प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दाङले हुकुमबहादुर बस्नेतको सम्पादनमा २०५७ सालमा युवा आह्वान प्रकाशन ग¥यो । २०५७ माघमा मानवअधिकार जागरण मञ्चले भरतमणि ढकालको सम्पादनमा जागरण अभियान प्रकाशन ग¥यो । २०५७ फागुनमा नयाँ युगबोध दैनिकले रजत जयन्तीको अवसर पारी स्मारिका प्रकाशन गरेको थियो ।

२०५७ चैतमा नेकपा एमाले राप्ती अञ्चल समन्वय कमिटीको मुखपत्र राप्ती सन्देश अमर गिरीको सम्पादनमा प्रकाशन भयो । यसको दोस्रो अंक २०६१ मा हस्तबहादुर केसीको सम्पादनमा प्रकाशन भएको थियो ।

२०५८ मा कृषि विकास कार्यालय दाङले कृषि गतिबिधि द्वैमासिक प्रकाशन गरेको थियो । २०५८ जेठमा लेखापढी दिग्दर्शन असल शासन रेडियो स्रोता क्लव घोराहीले मुखपत्रका रुपमा बिपुल पोख्रेलको सम्पादनमा असल शासन प्रकाशन गरेको थियो । २०५८ जेठमा नेपाल बुद्धिजीवी परिषद् दाङको मुखपत्र प्रतिबिम्ब प्रकाशन भयो । २०५८ भदौमा नेकपा एमाले जिल्ल्ला कमिटी दाङको स्थानीय निकाय विभागले घनश्याम बुढाथोकी, केशवकुमार शर्मा र ठाकुर डिसीको सम्पादनमा जनधारा त्रैमासिक प्रकाशन गरेको थियो ।

२०५९ सालमा महेन्द्र बहुमुखी क्याम्पस भरतपुरका कार्यमुलक पत्रकारिता अध्ययनरत बिद्यार्थीहरुले प्रयास पाक्षिक प्रकाशन गरेका थिए । यसपछिका बिद्यार्थीहरुले पनि यसलाई निरन्तरता दिएको पाइन्छ । यो पत्रिका शुरुमा फोटोकपी गरी वितरण गर्ने गरिएकोमा २०६२ मा दुर्गालाल केसीको सम्पादनमा प्रेसबाट छापिएको थियो ।
२०५९ असोजमा हेमयुवा जागरण मञ्च हेमन्तपुरले दीपक भट्टराइको सम्पादनमा हेमज्योती मासिक साहित्यिक तथा समाचारमुलक पत्रिका प्रकाशन गरेको थियो । २०६१ मा गाउँघर सातदिने पत्रिकाले सुशिल गौतमको सम्पादनमा स्मारिका प्रकाशन ग¥यो । २०६१ मै दाङ उद्योग बाणिज्य संघले मधुसुदन बैद्यको सम्पादनमा स्मारिका प्रकाशन गरेको थियो ।

२०६३ असोजमा नेपाल निवृत शिक्षक समाजले गिरिराज शर्माको सम्पादनमा हाम्रो चिनारी र २०६९ मा दीपशिखा कलेज घोराहीमा बिबिएस् अध्ययनरत बिद्यार्थीहरुले निशा पुनको सम्पादनमा दीपशीखा प्रकाशन गरेका थिए ।

प्रशारण माध्यमको इतिहास 

दाङमा रेडियो स्वर्गद्वारीले प्रशारण पत्रकारिताको शुरुवात गरेको थियो । २०५९ पुस ८ गते इजाजत प्राप्त गरेको यस रेडियोले पुस ९ गतेदेखि घोराहीबाट परिक्षण प्रसारण शुरु गरेको थियो । हाल जिल्लामा १७ एफ्एम् रेडियो सञ्चालन भैरहेका छन् ।

संघीय सरकारको सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको अभिलेख अनुसार २०६० पुस ११ मा तुलसीपुरबाट रेडियो तुलसीपुर, २०६३ भदौ २० मा घोराहीबाट रेडियो मध्यपश्चिम, २०६३ माघ २८ मा घोराहीबाट पलपलको साथी रेडियो इन्द्रेणी, २०६४ जेठ २३ मा तुलसीपुरबाट रेडियो सरयुगंगा (जो पछि रेडियो पाठशालामा परिणत भयो) र २०६५ फाल्गुन ६ मा तुलसीपुरबाट रेडियो हाम्रो पहुँचले इजाजत प्राप्त गरी प्रशारण आरम्भ गरे । २०६७ बैशाख १७ मा लमहीबाट रेडियो हाइवे र २०६७ असार १४ मा तुलसीपुरबाट रेडियो प्रकृतीले इजाजत प्राप्त गरेका थिए ।

२०६७ भदौ २० मा शान्ति परिवर्तन सञ्चार सहकारी संस्था लि. लक्ष्मीपुरले १ सय वाट क्षमताको रेडियो प्रशारणको अनुमति पाए पनि प्रशारण गरेको छैन । २०६९ मंसिर १९ मा वातावरण संरक्षण र शान्तिका लागि सामाजिक सद्भाव अभियान दाङले १ सय वाट क्षमताको रेडियो प्रशारणको अनुमति पाए पनि प्रशारण गरेको छैन । २०६९ चैत २३ मा सयपत्री असल शासन क्लवले १ सय वाट क्षमताको रेडियो प्रशारणको अनुमति पाए पनि प्रशारण गरेको छैन ।

२०७१ जेठ २९ मा लमहीबाट रेडियो नयाँ युग, २०७१ साउन ११ मा तुलसीपुरबाट रेडियो सञ्जिवनी र २०७२ फागुन २७ मा हापुरेबाट रेडियो हापुरेले इजाजत प्राप्त गरी प्रशारण थाले । २०७३ बैशाख १४ मा तुलसीपुरबाट रेडियो एस्टिएन्ले १ सय वाट क्षमताको रेडियो प्रशारणको अनुमति पाए पनि प्रशारण गरेको छैन ।

२०७३ जेठ २० मा घोराहीबाट रेडियो झरना र २०७३ कार्तिक ७ मा भालुबाङबाट रेडियो राप्तीले इजाजत प्राप्त गरी प्रशारण थाले । २०७३ मंसिर १ मा तुलसीपुरबाट रेडियो युगको आवाजले १ सय वाट क्षमताको रेडियो प्रशारणको इजाजत पाए पनि प्रशारण गरेको छैन । यसैगरी हेमन्तपुरबाट रेडियो नेपाल, लमहीबाट रेडियो देउखुरी, गढवाबाट रेडियो साझा आवाज र बंगलाचुलीबाट रेडियो बंगलाचुली प्रशारण भैरहेका छन् । युद्धकालमा स्थापना भई शान्ति प्रक्रियापछि घोराहीबाट सञ्चालित रेडियो गणतन्त्र राप्ती हाल बन्द छ । हाल यसको फ्रिक्वेन्सी रेडियो बंगलाचुलीले प्रयोग गरी सञ्चालन गरिरहेको छ ।

टेलिभिजन पत्रकारिताको विकासमा केवल नेटवर्कको महत्वपूर्ण भूमिका छ । केवल नेटवर्कले गाउँगाउँमा टेलिभिजनको विस्तारमा सघाउ पु¥याए । सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयको अभिलेख अनुसार २०५४ भदौ २६ मा बञ्जाडे केवुल नेटवर्क, २०५४ मंसिर १७ मा सुप्रिम टाइम नेटवर्क, २०५५ भदौ ७ मा राप्ती स्पेश केवुल टेलिभिजन प्राली घोराही र २०५७ चैत ७ मा अम्विका स्पेश टाइम प्राली घोराहीले केवुल टेलिभिजन प्रशारणका लागि इजाजत प्राप्त गरेका थिए ।

२०५८ पुस ४ मा अम्वीकेश्वरी केवुल नेटवर्क प्राली मानपुरले इजाजत प्राप्त गरे पनि सञ्चालन गर्न नसकेर फेल भएको थियो । २०५९ कार्तिक १३ मा स्वर्गद्वारी केवुल टेलिभिजन नेटवर्क प्राली तुलसीपुरले इजाजत प्राप्त गरेका थिए । २०६० असार १० मा त्रिसिद्धेश्वरी केवुल प्राली तुलसीपुर, २०६० पुस १८ मा अनमोल केवुल नेटवर्क प्राली लालमटिया, २०६० पुस २२ मा मिलिजुली केवुल नेटवर्क लमही र २०६० फागुन १५ मा साझा केवुल नेटवर्क प्राली घोराहीले इजाजत प्राप्त गरे ।

२०६३ कर्तिक २३ मा जयधर्म बैरागी केवल नेटवर्क प्राली बिजौरी, २०६३ मंसिर ७ मा स्नेहा केवल टिभि नेटवर्क प्राली नारायणपुर, २०६३ फागुन १८ मा रेन्बो केवुल टेलिभिजन नेटवर्क प्राली डुरुवा र २०६४ पुस १० मा देउखुरी केवुल नेटवर्क प्राली लालमटीयाले इजाजत प्राप्त गरे । २०६४ पुस २९ मा सुनगाभा स्पेश केवल नेटवर्क प्राली सिसहनीया र बबील केवुल टिभि नेटवर्क प्राली तुलसीपुरले एकसाथ इजाजत प्राप्त गरे ।

२०६५ पुस २१ मा सहारा केवुल नेटवर्क प्राली गढवा, २०६६ साउन १३ मा साझा केवल नेटवर्क प्राली घोराही, २०६६ पुस २८ मा स्वर्गद्वारी नेट प्राली नारायणपुर, २०६७ बैशाख १३ मा जसपुर केवल नेट प्राली जसपुर र २०६७ भदौ २३ मा स्नेह केवुल टिभि नेटवर्कले इजाजत प्राप्त गरेका थिए । २०६७ मंसिर २७ मा पुरन्धारा मनकामना केवल नेटवर्क प्राली हापुरे, २०६७ पुस १८ मा कालिका महालक्ष्मी केवल नेट प्राली हलवार तथा २०६७ पुस ३० मा माँलक्ष्मी भवानी केवल नेट र हरेराम केवल नेटले इजाजत पाए ।
२०६७ माघ ४ मा जयदुर्गा भवानी केवल नेटवर्क प्राली, २०६७ माघ ११ मा बगरबाबा केवल नेट प्राली सतबरीया, काँशीपुर केवल नेट प्राली धनौरी र आईवी केवल नेट प्राली शान्तिनगरले इजाजत प्राप्त गरेका थिए । २०६७ चैत ३० मा इन्द्रेणी केवल नेट प्राली मानपुर, २०६८ जेठ २३ मा पञ्चकुले केवल टेलिभिजन नेट प्राली पञ्चकुले, २०६८ कार्तिक ३ मा सिसहनीय केवल नेट प्राली र २०६९ बैशाख ६ मा दाङ केवल नेट लक्ष्मीपुरले इजाजत पाएका थिए ।

२०६९ भदौ १९ मा राप्ती किनारा केवल नेट प्राली, २०७१ बैशाख १२ मा पञ्चरत्न केवल नेटर्क, २०७१ माघ १६ र फागुन १ मा नवरत्न केवल नेटवर्क प्रालीले इजाजत प्राप्त गरेका छन् । दाङमा हाल ५ वटा टेलिभिजन सञ्चालन भैरहेका छन् । घोराहीमा सप्तरंगी, तुलसीपुरमा एस्टिएन् र प्रदेश टिभि, लमहीमा राप्ती दर्पण र भालुबाङमा राप्ती टेलिभिजन सञ्चालन भैरहेका छन् । सर्वप्रथम २०७० कार्तिक ७ मा च्यानल राप्ती दर्पण प्रालीले टेलिभिजन प्रशारणको इजाजत प्राप्त गरेको थियो ।

पत्रकार महासंघको इतिहास

दाङबाटै समाचारमुलक पत्रिका प्रकाशनको शुरुवात २०१९ सालपछि मात्रै भए पनि काठमाण्डौबाट प्रकाशित पत्रिकामा काम गर्ने प्रयास भने २००७ सालदेखि नै भएको पाइन्छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष एवं अनुसन्धानकर्ता सुदिप गौतमले संकलन गर्नुभएको विवरण अनुसार घोराही तेरौटेका खगराज लोहनीले २००७ साल जेठदेखि चैतसम्म काम गर्ने गरी गोरखापत्रको दाङ संवाद्दाताको नियुक्ती पाएका थिए । यसैगरी हापुरका युवराज शर्मा गौतमले २०१५ कार्तिक २५ देखि तीन महिना काम गर्ने गरी काठमाण्डौबाट प्रकाशित हालखबर दैनिकको संवाद्दाताको रुपमा नियुक्ती पाएका थिए ।

२०३५ सालमा सम्पन्न नेपाल पत्रकार संघको राष्ट्रिय अधिवेशनमा दाङबाट नारायणप्रसाद शर्मा, सुशिल गौतम, शिवकुमार गौतम, श्रीधर मजगैया र लेखनाथ आचार्य सहभागी भएका थिए । २०३९ सालमा सम्पन्न राष्ट्रिय अधिवेशनमा नारायणप्रसाद शर्मा र टिकाराम रेग्मी सहभागी भएका थिए भने २०४५ सालमा भएको अधिवेशनमा टीकाराम रेग्मी सहभागी भएका थिए । (पिडित, २०६७, पेज १८) ।

२०४६ सालमा जयनेपाल साप्ताहिक र २०४८ मा सीमारेखा साप्ताहिक प्रकाशन भए । त्यसपछि पत्रकारहरुको संख्या बढ्दै गयो । बि. सं. २०४९ पुस १ गते दाङका पत्रकारहरुको भेला भयो । भेलाले पुस ४ गते नारायणप्रसाद शर्माको नेतृत्वमा सर्वसम्मतरुपमा पत्रकार महासंघ दाङ शाखा गठन ग¥यो । जसको उपसभापतिमा तोयनाथ धिताल, सचिव मधुसुदन पौडेल, कोषाध्यक्ष रामप्रसाद पौडेल, सदस्य अमर गिरी, उत्तमकृष्ण मजगैया, सुशील गौतम, सुशील गौतम (हापुर), केशव अधिकारी, केशव पराजुली र हरिप्रसाद गुप्ता चयन भएका थिए । उक्त भेलामा महासंघका केन्द्रीय सभापति गोविन्द वियोगी, केन्द्रीय सदस्यहरु हरिहर विरही, किशोर नेपाल र केन्द्रीय सल्लाहकार हिरण्यलाल श्रेष्ठको उपस्थिती थियो । (गौतम, २०६१, पेज १) ।

२०५१ फागुन २० गते पत्रकार महासंघ दाङ शाखाको दोस्रो अधिबेशन भयो । महासंघका केन्द्रीय सचिव चन्द्र भण्डारी र सदस्य सुरेश आचार्यको उपस्थितीमा सम्पन्न अधिवेशनले पुनः नारायणप्रसाद शर्माकै नेतृत्वमा नयाँ समिति चयन ग¥यो । जसको उपसभापतिमा मधुसुदन पौडेल, सचिव केपि घिमिरे, सहसचिव हरिप्रसाद गुप्ता र कोषाध्यक्ष टिकाराम रेग्मी चयन भए । सदस्यहरुमा अमर गिरी, रुद्र बेहोसी, दधिराम सुवेदी र कर्णप्रखर धिताल चुनिए । सुशील गौतम, रामप्रसाद पौडेल, कर्णप्रखर धिताल र दधिराम सुवेदी केन्द्रीय पार्षद्मा चयन भए । शर्माले २०५१ चैत ३० गते सभापति पद्बाट राजिनामा दिएपछि कार्यसमितिले राजीनामा स्विकृत गरी उपसभापति मधुसूदन पौडेललाई सभापतिमा मनोनित ग¥यो । २०५२ कार्तिक १० गते बसेको बैठकले कर्णप्रखर धिताललाई उपसभापतिमा मनोनित ग¥यो । (गौतम, २०६१, पेज २) ।

२०५३ माघ २७ गते महासंघका केन्द्रीय सदस्य झपेन्द्र गैरेको उपस्थितीमा सम्पन्न तेस्रो अधिवेशनले कर्णप्रखर धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन ग¥यो । जसको उपसभापतिमा केपि घिमिरे, सचिव प्रताप रेग्मी र कोषाध्यक्ष रुद्र बेहोसी चयन भए । सदस्यहरुमा रत्नाकर देवकोटा, अमर गिरी, भुवन देवकोटा, बिमलकुमार अधिकारी र मुरारीकुमार शर्मा चुनिए । केन्द्रीय पार्षद्मा सुशील गौतम, केशव अधिकारी, डिल्लीबहादुर केसी र मधुसूदन पौडेल चयन भए । (गौतम, २०६१, पेज २) ।

२०५६ असार २६ गते सम्पन्न चौथो अधिवेशनले सुशील गौतमको नेतृत्वमा नयाँ समिति चयन ग¥यो । जसमा विपुल पोख्रेल उपसभापति, केबि मशाल सचिव र परशुराम शर्मा कोषाध्यक्ष भए । विमलकुमार अधिकारी, केएल् पिडित, राधेश्याम गुप्ता, सुनीलकुमार पोख्रेल र महेश रिजाल सदस्य भए । टीकाराम रेग्मी, दधिराम सुवेदी, विपुल पोख्रेल, नीमबहादुर थापा, डिल्लीबहादुर केसी, रत्नाकर देवकोटा, कर्णप्रखर धिताल र मधुसूदन वैद्य केन्द्रीय पार्षद् भएका थिए । नारायणप्रसाद शर्मा र तोयनाथ धिताल सल्लाहकार भए । (गौतम, २०६१, पेज २) ।

२०५८ चैत २९ मा सम्पन्न पाँचौं अधिवेशनले पुनः सुशील गौतमकै नेतृत्वमा जिल्ला शाख गठन ग¥यो । उपसभापतिमा सुदीप गौतम, सचिव केबि मशाल र कोषाध्यक्ष परशुराम शर्मा चयन भए । सदस्यहरुमा महेश रिजाल, राधेश्याम गुप्ता, प्रवल रेग्मी, सुरेन्द्र गिरी, सुनील पोख्रेल, सुदर्शन रिजाल र उदय जिएम् थिए । केन्द्रीय पार्षद्मा कर्णप्रखर धिताल, टीकाराम रेग्मी, डिल्लीबहादुर केसी, नीमबहादुर थापा, केपी घिमिरे, मधुसूदन वैद्य, विपुल पोख्रेल र मुरारीकुमार शर्मा चयन भएका थिए । सल्लाहकारमा नारायणप्रसाद शर्मा र तोयनाथ धिताल नै चुनिए । (गौतम, २०६१, पेज २) ।

२०६१ पुस २४ गते सम्पन्न छैठौं अधिवेशनले केवि मशालको नेतृत्वमा नयाँ समिति चयन ग¥यो । जसको उपसभापतिमा केएल् पिडित, सचिव सुदर्शन रिजाल र कोषाध्यक्ष सागर पण्डित चयन भएका थिए । सदस्यहरुमा भुवन देवकोटा, नीमबहादुर थापा, महेश रिजाल, राधेश्याम गुप्ता, शंकर योगी, प्रवल रेग्मी र सुरेन्द्र गिरी चयन भएका थिए । केन्द्रीय पार्षद्मा सुशील गौतम, मधुसूदन वैद्य, प्रताप रेग्मी, शरद अधिकारी, उदय जिएम्, केपि घिमिरे, विपुल पोख्रेल, डिल्लीबहादुर केसी र विमलकुमार अधिकारी चयन भएका थिए । सल्लाहकार नारायणप्रसाद शर्मा, अमर गिरी, टीकाराम रेग्मी, विपुल पोख्रेल र रामप्रसाद पौडेल थिए । (पिडित, २०६७, पेज २०) ।

२०६४ माघ २९ मा सम्पन्न सातौं अधिवेशनले प्रताप रेग्मीको अध्यक्षतामा नयाँ समिति निर्वाचित ग¥यो । जसको उपसभापतिमा अजयदीप शर्मा, सचिव सविन प्रियाशन, सहसचिव पुरन शर्मा र कोषाध्यक्ष दुर्गालाल केसी चयन भए । सदस्यहरुमा नारायण विवश, प्रदीप पाण्डेय, भीमार्जुन रेग्मी, महेश रिजाल, सुशीला आचार्य र हुमप्रसाद बस्याल निर्वाचित भए । सल्लाहकारमा सुशील गौतम, केबि मशाल र रामप्रसाद पौडेल थिए । केन्द्रीय पार्षद्मा केएल् पिडित, नरेन्द्र केसी, प्रवल रेग्मी, विज्ञान शर्मा, विमलकुमार अधिकारी, मधुसूदन वैद्य, सागर पण्डित, सुशील गौतम, सुदर्शन रिजाल र शारदा शर्मा चयन भए । (पिडित, २०६७, पेज २१) ।

२०६७ सालमा सम्पन्न आठौं अधिवेशनले केएल् पिडितको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन ग¥यो । जसको उपाध्यक्षमा नरेन्द्र केसी, सचिव सविन प्रियाशन, सहसचिव सुरेशसुमन डाँगी र कोषाध्यक्ष बसुन्धारा गौतम चयन भए । सदस्यहरुमा महेश रिजाल, देविका घर्ती मगर, विवेक खड्का, सुशीला केसी, बिमल योगी र दशरथ घिमिरे चुनिए । सल्लाहकारमा प्रताप रेग्मी, केवि मशाल, सुशील गौतम, उदय जिएम्, सुदीप गौतम, सुदर्शन रिजाल र अजयदीप शर्मा थिए । केन्द्रीय पार्षद्मा टीकाराम रेग्मी, सुशील गौतम, प्रताप रेग्मी, रामप्रसाद पौडेल, केवि मशाल, हिरामणी दुखी, भुवन देवकोटा, उदय जिएम्, शरद अधिकारी, निमबहादुर थापा, लक्ष्मी आचार्य, अजयदीप शर्मा, दुर्गालाल केसी, सागर पण्डित, सुशिला आचार्य, अर्जुन गिरी, भिमार्जुन रेग्मी र जेएन् सागर चयन भएका थिए । यसैगरी प्रबल रेग्मी, लिला शाह, पुरन शर्मा, सरिता सुवेदी, परशुराम शर्मा, प्रदिप पाण्डे, चुमा आचार्य र लोकराज अधिकारी पनि केन्द्रीय पार्षद्मा चयन भए ।

२०७० सालमा सम्पन्न नवौं अधिवेशनले सुदिप गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ग¥यो । जसको उपाध्यक्षमा लक्ष्मी आचार्य, सचिव गजेन्द्र बोहोरा, सहसचिव डिल्ली मल्ल र कोषाध्यक्ष रोशनमान श्रेष्ठ चयन भए । सदस्यहरुमा निमुसंगम घर्ती, प्रशान्त वली, बालाराम खड्का, गोपाल शर्मा भट्टराई, रीता लामा, बिमल गौतम, गोकर्ण पौडेल, आरके शितल, जनक नेपाली, राधेश्याम गुप्ता, सुनिता चौधरी र सन्तोष दहित चयन भए ।

सल्लाहकारमा प्रताप रेग्मी, केएल् पीडित र सबिन प्रियाशन चयन भए । केन्द्रीय सभासद्मा अजयदीप शर्मा, अर्जुन गिरी, इन्द्र डिसी, उज्वल आचार्य, केवी मशाल, गोविन्द खड्का, छबिलाल कोपिला, जेएन् सागर, टीका बस्नेत र टीकाराम उदासी चयन भए । यसैगरी दुर्गालाल केसी, देविका घर्ती मगर, देविराम कुसारी, नरेन्द्र केसी, नारायण विवश, नारायणी रजौरे, नीमबहादुर थापा, पाण्डव शर्मा, बसुन्धरा गौतम, भुवन देवकोटा, महेश रिजाल, रामप्रसाद पौडेल, बंशीकुमार शर्मा र बिपुल शर्मा पनि केन्द्रीय सभासद् चयन भए । यस्तै विवेक खड्का, शरद अधिकारी, शरद रेग्मी, शारदा शर्मा, सन्तोष सुवेदी, सुदर्शन रिजाल, सुरेशसुमन डाँगी, सुशीला आचार्य, हीरामणी दुखी र हेमराज शर्मा केन्द्रीय सभासद् चुनिए ।

२०७३ मा सम्पन्न दशौं अधिवेशनले सविन प्रियाशनको नेतृत्वमा नयाँ कार्यसमिति चयन ग¥यो । जसको उपाध्यक्षमा लीला शाह र डिल्ली मल्ल, सचिवमा भुपेन्द्र वली, सहसचिव गोकर्ण पौडेल र शर्मिला डिसी तथा कोषाध्यक्षमा आरके शितल चयन भए । सदस्यहरुमा जनक नेपाली, पाण्डवप्रसाद शर्मा, सुवास डिसी, दामोदर बस्नेत राकेश, नारायण भण्डारी, केशरमान बिसी, भरतराज शर्मा, लिलाधर वली, सविता चौधरी, .नविन अभिलाशी, प्रेमविवश घर्ती, देव यादव र शिव घर्ती चयन भए । सल्लाहकारमा केएल् पिडित, सुदिप गौतम र दुर्गालाल केसी चयन भए ।

केन्द्रीय सभासद्मा उदय जिएम्, अर्जुन गिरी, केएल् पीडित, केपि घिमिरे, छबिलाल कोपिला, जेएन् सागर, देविका घर्ती मगर, देविराम कुसारी, नरेन्द्र केसी, नारायणी रजौरे, प्रकाश चौधरी, बसुन्धरा गौतम, बंशीकुमार शर्मा, विपुल पोख्रेल, लक्ष्मी आचार्य, शारदा शर्मा, सन्तोष सुवेदी, सरिता सुवेदी, सुदर्शन रिजाल, सुदिप गौतम, सुरेशसुमन डाँगी, सुलोचना गौतम, सुशिल बस्नेत, सुशिला आचार्य, सुशिला केसी आस्था र हेमराज शर्मा निर्वाचित भए । प्रदेश सभासद्मा आदिम केसी, उज्वल आचार्य, उदय बिसी, ऋषिराज पोख्रेल, गणेश वली, गोपाल शर्मा भट्टराई, चुमा आचार्य, चेतन रेग्मी, जीवन नेपाली, ज्योती शर्मा, टोपबहादुर जिसी, डिल्लीबहादुर रावत, तुलसीराम सुवेदी, दशरथ घिमिरे, नारायण खड्का, निराश पाण्डे, पुरन चौधरी, बालाराम खड्का, विमल योगी, महेश रिजाल, मुक्तीबाबु रेग्मी, युगराज पोख्रेल, योगेन्द्र बस्नेत, रोशनमान श्रेष्ठ र लक्ष्मण बस्नेत चयन भए ।

२०७७ चैत २५ गते सम्पन्न एघारौं अधिवेशनले दुर्गालाल केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ग¥यो । जसको उपाध्यक्षमा सन्तोष सुवेदी र बसुन्धरा गौतम, सचिवमा आरके शितल, सहसचिवमा दशरथ घिमिरे र दिप्तीशिखा चौधरी तथा कोषाध्यक्षमा शरद रेग्मी चयन भए । सदस्यहरुमा उदय बिसी, कुलदिप न्यौपाने, दीपक बोहोरा, यमकला भुसाल, प्रेम तिवारी, जीवन नेपाली, शिवराज खनाल, सन्तोष केसी, विवेक खड्का, गिरिराज नेपाली, दुखहरण यादव, अञ्जना चौधरी र उमा भण्डारी चयन भए । सल्लाहकार सुदिप गौतम, सविन प्रियाशन र लक्ष्मी आचार्य चयन भए ।

राष्ट्रिय परिषद् सदस्यमा सुदर्शन रिजाल, नारायणी रजौरे, हेमराज शर्मा, प्रकाश चौधरी, नरेन्द्र केसी, भुपेन्द्रप्रकाश वली र सन्तोष दहित चयन भए । प्रदेश परिषद् सदस्यमा शारदा शर्मा, अनन्त आरसी, गोविन्द खड्का, चेतन रेग्मी, छवी पुरी, नारायण खड्का, बिमल गौतम, महेश रिजाल, लक्ष्मण बस्नेत, लिलाधर वली, देव यादव, निमुसंगम घर्ती, बिमला घर्ती, राधेश्याम गुप्ता, रिता लामा, लक्ष्मीमान चौधरी, सुधासुमन ढकाल र कल्पना बिएम् निर्वाचित भए । यही कार्यकालमा दाङका बिपुल पोख्रेल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष र उदय जिएम् उपाध्यक्षमा निर्वाचित भए ।

अनलाइनको इतिहास
अनलाइन प्रबिधिको विकाससँगै जिल्लामा अनलाइन पत्रकारिताको पनि तिव्र विकास भएको छ । दाङबाट सञ्चालन भएको पहिलो अनलाइन साईबर दाङ डट टिके हो । यो अनलाइन अभिलाश राजभण्डारी, इराजकिरण श्रेष्ठ र अनुप पाण्डेको सक्रियतामा २०६१ असारदेखि शुरु भएको थियो । हाल यो अनलाइन सञ्चालनमा छैन । (शर्मा, २०७३) ।

२०६१ माघमा चाणक्य आचार्यको समूहले आवर दाङ डटकम अनलाइन सञ्चालय ग¥यो । पछि यो हाम्रो दाङ डट कम भयो । २०६२ मा उदय जिएम्ले हलकारा डटकम सञ्चालन गरेका थिए । जिएम्ले नै इमेला डटकम र ऐरावती डटकम सञ्चालन गरेका थिए । यसका साथै बिभिन्न समयमा बिभिन्न अनलाइनहरु सञ्चालनमा आएका छन् । एनसिसिएस् कम्प्युटर इन्स्टिच्युटमा अध्ययनरत बिद्यार्थीहरुले इलाफा डटकम सञ्चालन गरेका थिए ।

कतिपय पत्रिकाहरुले पनि अनलाइन सञ्चालनमा ल्याएका थिए । लक्ष्मी आचार्यले महिला आवाज डटकम, समरेखा डटकम, केएल पिडितले पहल सञ्चार डटकम सञ्चालन गरेका थिए । यस्तै नयाँ युगबोध, गोरक्ष, गणतन्त्र, राप्ती पोष्ट, राप्ती समाचार दैनिकले अनलाइन सञ्चालन गरेका छन् । डिल्ली मल्लले साहित्यिक अनलाइनका रुपमा शब्दशिखा डटकम सञ्चालन गरे ।

प्रेस काउन्सील नेपालको अभिलेख अनुसार २०७२ सालपछि मात्र जिल्लामा दर्ता गरेर अनलाइन पत्रकारिता शुरु भएको पाइन्छ । २०७२ माघ २० मा पवन अधिकारी सम्पादक रहेको राप्तीन्यूज डटकम दर्ता भएको छ ।

यसैगरी २०७३ असार १५ मा डिल्लीराज खड्का आजादको सम्पादनमा खबरटोकरी डटकम, २०७३ असार २६ मा मनुराज शर्माको सम्पादनमा तुलसीपुर अनलाइन डटकम, २०७३ भदौ १ गते केशरमान बिसीको सम्पादनमा इन्द्रेणी अनलाइन डटकम र २०७३ फागुन १७ मा धनिराम भण्डारीको हाम्रोअनलाइनखबर डटकम दर्ता भएका छन् ।

यसैगरी २०७४ साउन १ गते टिकाबहादुर बस्नेतको दाङखबर डटकम, २०७४ भदौ १५ मा उदयप्रसाद घर्ती मगरको पहिलोपेज डटकम, २०७४ असोज ३० मा निशानदाजु भट्टराईको जागरण अनलाइन डटकम, २०७४ कार्तिक १४ मा ओपेन्द्र बस्नेतको तुलसीपुरखबर डटकम, २०७४ कार्तिक १६ मा तिलकराज वलीको अनलाइनसन्देश डटकम, २०७४ कार्तिक २१ मा नरेश थापाको इमर्निङपोष्ट डटकम, २०७४ कार्तिक २९ मा गोपाल शर्मा भट्टराईको सूचनापत्र डटकम, २०७४ चैत १५ मा किरण गौतमको सञ्चारअनलाइन डटकम, २०७४ चैत २० मा शिवप्रसाद वलीको सिस्नेअनलाइन डटकम र २०७४ चैत २६ मा दुर्गाप्रसाद गिरीको स्वर्गद्वारीखबर डटकम दर्ता भएका छन् ।
२०७५ जेठ ११ मा जानकी चौधरीको दाङसन्देश डटकम, २०७५ असार ३२ मा किरणविक्रम शाहको राप्तीन्यूज डटकम, २०७५ साउन ३ मा पाण्डवप्रसाद शर्माको चेतनाअनलाइन डटकम, २०७५ पुस २७ मा गणेशकुमार आचार्यको प्रदेशअनलाइन डटकम र २०७५ चैत २८ मा बिनिल केसीको फरककोण डटकम दर्ता भएका छन् । २०७५ मै सन्तोषकुमार डाँगीको हिमाली पत्रिका डटकम दर्ता भई हालसम्म सञ्चालन भैरहेको छ ।

यस्तै २०७६ बैशाख १० मा सागर थापाको एबिसीसञ्चार डटकम, २०७६ जेठ १४ मा कमल वलीको बबईखबर डटकम, २०७६ साउन २० मा डिल्लीबहादुर कामीको डेलीन्यूजब्यांक डटकम, २०७६ साउन २८ मा टिकाजंग बिकेको राप्तीआवाज डटकम, २०७६ पुस २ मा बिहारी चौधरीको फाइण्डअलनेपाल डटकम, २०७६ पुस ११ मा आजाद् खड्काको दैनिकअभियान डटकम, २०७६ पुस १५ मा भोजराज थापाको माइक्रोलिंकमिडिया डटकम, २०७६ माघ २२ मा टोपेन्द्र जिएम्को क्लासिकनेपाली डटकम र २०७६ फागुन २ मा दामोदर बस्नेतको साँछीखबर डटकम दर्ता भएका छन् ।

२०७७ असोज १९ मा एग्गे बहादुर बुढा मगरको राप्तीपहिचान डटकम, २०७७ मंसिर १४ मा हेमराज नेपालीको खोजरफ्तार डटकम, २०७७ पुस २७ मा संजिव पछाईको दाङप्रेस डटकम, २०७७ माघ २५ मा केशवराज भुसालको दाङपोष्ट डटकम, २०७७ माघ २६ मा छबिकुमार वलीको छहराअनलाइन डटकम, २०७७ फागुन ११ मा मेगमन बुढा मगरको सिधापत्र डटकम र २०७७ चैत १८ मा दिनेश पाण्डेको हमलाखबर डटकम दर्ता भएका छन् ।

२०७८ बैशाख १२ मा सुशिला शर्मा केसीको गणतन्त्रनेपाल डटकम, २०७८ असार २९ मा तिलकराज वलीको सल्यानन्यूज डटकम, २०७८ साउन १३ मा सुमन केसीको साझाटाइम्स डटकम, २०७८ भदौ २ मा टिकाबहादुर बस्नेतको मेचीकालीअनलाइन डटकम, २०७८ असोज १४ मा बसन्त परियारको जनमुखीखबर डटकम, २०७८ पुस १३ मा निर्मल न्यौपानेको अनलाइनराप्ती डटकम र २०७८ पुस १६ मा किमा कुँवरको संघीय एक्सप्रेस डटकम दर्ता भएका छन् । कतिपय अनलाइनहरु दर्ता नभएर पनि सञ्चालन भैरहेका छन् ।

साहित्यिक पत्रकारिता

दाङको साहित्यिक पत्रकारिता र पत्रिका प्रकाशनको पृष्ठभूमीलाई अध्ययन गर्दा खासगरी वनारसमा नेपाली युवाहरुले गर्ने साहित्यिक गतिबिधि एवं त्यहाँबाट प्रकाशित हुने नेपाली साहित्यिक पत्रपत्रिकाहरुको प्रभाव महत्वपूर्ण रहेको छ । (गिरी, २०७५) ।

वि. सं. २००६ सालमा भारतको बनारसस्थित काशी हिन्दु विश्वविद्यालयमा नेपाल छात्र संघले बार्षिक मुखपत्रका रुपमा छात्र प्रकाशन गरेको थियो । उक्त पत्रिकाका सम्पादक दाङका भरतमणी शर्मा र तेजबहादुर प्रसाई थिए । २००६ सालमा काठमाण्डौबाट प्रकाशित हिमवत अनुसन्धान पत्रिकाको सम्पादकहरुमध्ये दाङका केशव दिपक पनि थिए ।

‘विप्लव’ पत्रिकालाई कतिपयले दाङको पहिलो साहित्यिक पत्रिका मानेका छन् भने कतिपयले पहिलो नभएको दावी गरेका छन् । यसमा फरकफरक मतहरु छन् । दाङबाट अध्ययनका लागि भारतको गोरखपुर गएका बिद्यार्थीहरुले २०११ सालमा प्रकाशन गरेको ‘विप्लव’ बार्षिक पत्रिका दाङको पहिलो साहित्यिक पत्रिका मानिन्छ । यसका सम्पादक तोयनाथ धिताल थिए । (गौतम, २०६९) । तर टिकाराम उदासीले भने ‘विप्लव’ पत्रिका २०१६ सालमा प्रकाशित भएको उल्लेख गरेका छन् ः
यसअघि यसबारेमा कलम चलाउने सबैले यही मिति उल्लेख गरेका छन् । तर यस साहित्यिक पत्रिकाको प्रकाशन २०१६ साल चैत्र १ गते प्रगतिवादी साहित्य प्रकाशन, विप्लव प्रधान कार्यालय, भोजपुर, दाङले गरेको हो । यसको प्रधान सम्पादक रुद्रमणि शर्मा धिताल रहेका छन् भने उपसम्पादक तोयनाथ शर्मा धिताल रहेका छन् । सम्पादन सहयोगीमा नारायणप्रसाद शर्मा रेग्मी, तीर्थराज उपाध्याय र प्रेमराज लामिछाने छन् । साजिदा प्रेस, गोरखपुरमा मुद्रण भएको यस पत्रिकाको मूल्य एक रुपियाँ राखिएको छ भने बीस वटा विविध विधाका रचना रहेको यसको पृष्ठ जम्मा ६२ रहेको छ । (उदासी, २०७९)

बि. सं. २०१४ सालमा बनारसबाटै दाङ–प्युठान छात्र मण्डलले सन्देश पत्रिका प्रकाशन शुरु ग¥यो । यसका प्रधान सम्पादक दाङका एकराज शर्मा थिए । २०१८ सालमा यस पत्रिकाका सम्पादक शिवराज गौतम थिए । बि. सं. २०१५ फागुनमा पद्मोदय पब्लिक हाइस्कुल भरतपुरले चन्तामणी शर्मा ज्ञवालीको सम्पादनमा मुखपत्र पप हाइस्कुल पत्रिका प्रकाशन गर्न थालेको थियो । २०१६ मा यसको नाम परिवर्तन गरी ज्योत्सना प्रकाशन गर्न थालियो ।

जनता महाविद्यालय बिजौरी दाङले २०२० सालमा मानसप्रभा बार्षिक पत्रिका प्रकाशन गरेको थियो । गृष्मबहादुर देवकोटाले नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासमा उल्लेख गरे अनुसार उक्त पत्रिकाका सम्पादकमा गजाधर पौडेल, स्थानेश्वर पौडेल, भोलानाथ न्यौपाने, भागवत गौतम, चूडामणि अधिकारी, देवेन्द्र पौडेल, बिष्णुकुमार अधिकारी र लोकमणि आचार्य थिए । (पेज ५८३) ।

२०२२ मा महेन्द्र हाइस्कुल तुलसीपुरले गेहेन्द्र चुडामणी रजौरेकोको सम्पादनमा पराग बार्षिक प्रकाशन ग¥यो । दाङमा बि. सं. २०२४ सालमा नारायणप्रसाद शर्माको सम्पादन र प्रकाशनमा ‘अन्र्तध्वनी’ प्रकाशन भयो । यसको दोस्रो अंक भने २०५० सालमा मात्रै प्रकाशन भयो । २०५७ सालसम्म यसका ७ वटा अंक प्रकाशन भए ।
२०२८ सालमा देशमै थारु भाषाको पहिलो पत्रिकाका रुपमा गोचाली पत्रिका प्रकाशन भयो । थारु भाषा तथा साहित्य उत्थान मञ्च पश्चिमाञ्चलले प्रकाशन गरेको यो पत्रिकाका सम्पादक महेश चौधरी थिए । यसले पञ्चायती व्यवस्थाका बिरुद्ध मिसन पत्रकारिता गरेको थियो । २०६३ माघमा जग्गुप्रसाद चोधरीको सम्पादनमा गोचालीको १४ औं अंक प्रकाशन भएको छ । (सर्वहारी, २०६४ ः३) ।

२०२९ मा गंगा मावि रामपुरले नित्यानन्द शर्माको सम्पादनमा गंगा बार्षिक पत्रिका प्रकाशन गरेको थियो । २०२९ मै रात्री मावि रझेनाले नित्यानन्द शर्माकै सम्पादनमा हाम्रो चिनो बार्षिक प्रकाशन गरेको थियो । २०३० सालमा महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनको बार्षिक मुखपत्र छहरा प्रकाशन शुरु भयो । यसका सम्पादक निमराज पाण्डेय थिए । २०३३ असारमा संस्कृत विद्यार्थी परिषद् जनता क्याम्पस बिजौरीले श्रीधर शर्मा मजगैयाको सम्पादनमा ऐसेलु प्रकाशन गरेको थियो । २०३४ मा दोस्रो अंक प्रकाशन भए पनि त्यसपछि प्रकाशन भएको पाइदैन ।

२०३४ सालमा स्थापना भएको राप्ती साहित्य परिषद्ले २०३५ सालमा ‘राप्तीदुत’ प्रकाशन ग¥यो । यसका सम्पादकहरु लेखनाथ आचार्य, लोकमणि आचार्य, गोविन्द कुसुम र भेषराज पौडेल थिए । यसको दोस्रो अंक २०५० सालमा मात्रै प्रकाशन भएको थियो । तेस्रो अंक २०५५ र चौथो अंक २०६१ मा प्रकाशन भएको थियो । २०३५ मै राप्ती अञ्चलका बिद्यार्थीहरुले हुकुमबहादुर सिंहको सम्पादनमा राप्ती प्रकाशन गरे । २०३५ सालमा महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा श्यामकुमार न्यौपानेको सम्पादनमा अनुसन्धानमुलक जर्नल प्रकाशन भएको थियो ।

२०३६ मा जनता क्याम्पस बिजौरीले नारायणकुमार आचार्यको सम्पादनमा हैमप्रभा प्रकाशन ग¥यो । यो पत्रिका अहिले पनि निरन्तर प्रकाशित छ । २०३९ मा स्वतन्त्र विद्यार्थी यूनियन जनता विद्यापीठ विजौरीले आमोद पत्रिका प्रकाशन गरेको पाइन्छ । २०४० मा राप्ती सन्देश परिवारले बिष्णु पोख्रेलको सम्पादनमा राप्ती सन्देश प्रकाशन ग¥यो । २०४० मा संस्कृत अध्ययन संस्थान बिजौरीले भागवत शर्माको सम्पादनमा हिमज्योती प्रकाशन गरेको थियो । २०४३ मा रामप्रसाद प्रदिपको सम्पादनमा खलिहान प्रकाशन भएको थियो । (गौतम, २०६९) ।

२०४९ सालमा थारु बिद्यार्थी समिति महेन्द्र बहुमुखी क्याम्पस दाङले जगदिश चौधरीको सम्पादनमा हमार पहुरा बार्षिक पत्रिका प्रकाशन ग¥यो । २०६१ बाट केवि चौधरीको सम्पादनमा यसको सहप्रकाशन जोग्नी त्रैमासिक प्रकाशन हुन थाल्यो । २०५१ सालमा अर्धबार्षिक पत्रिका कबिला प्रकाशन भयो । नेपाल मगर संघ सौंडियार–लक्ष्मीपुर–धर्ना संयुक्त प्रारम्भिक कमिटीले २०५१ असोजमा टीकाराम बुढा मगरको सम्पादनमा मगर आवाज प्रकाशन ग¥यो । २०५२ मा महेन्द्र बहुमुखी क्याम्पस दाङ साहित्यप्रेमी बिद्यार्थी समूहले टिकाराम उदासी लगाएतको सम्पादनमा इन्द्रेणी हवाई पत्रिका प्रकाशन ग¥यो ।

२०५३ पुसमा नेपाल मगर संघ दाङको प्रकाशन र एच्बी थापा मगरको सम्पादनमा सोरो त्रैमासिक प्रकाशन भयो । २०५४ फागुनमा नेपाल मगर विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले मुखपत्रका रुपमा मानबहादुर बुढा मगरको सम्पादनमा मिर्मिरे प्रकाशन ग¥यो । २०५४ मा लेखक संघ दाङले उत्तमकृष्ण मजगैयाको सम्पादनमा प्रवाह प्रकाशन ग¥यो ।

२०५५ मंसिरमा दीपशिखा आवासीय उच्च माध्यमिक विद्यालय घोराहीमा अध्ययनरत विद्यार्थीहरुले बासुदेव भण्डारीको सम्पादनमा सुसेली साहित्यिक लघुपत्रिका प्रकाशन गरे । २०५५ फागुनमा पशुपति बिद्याश्रम नारायणपुरले केशव थापा र मेघराज तुफानको सम्पादनम पशुपति साहित्य सन्देश द्वैमासिक प्रकाशन ग¥यो ।

२०५५ फागुनमा उदय जिएम्, नवीवन विभास, नोबल जिएम् र मानबहादुर बुढा मगरको सम्पादनमा आदिवासी मञ्च त्रैमासिक प्रकाशन भयो । पछि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी २०५९ मा टीकाराम उदासीको सम्पादनमा चौथो अंक प्रकाशित भयो । २०५६ मा दङाली विद्यार्थी समिति किर्तिपुरले टीकाराम उदासी र कृष्णराज सर्वहारीको सम्पादनमा दंगाली आवाज प्रकाशन ग¥यो । २०५६ मा प्रतिभा समूह दाङले मुसाफिर आलमको सम्पादनमा प्रतिभा साहित्यिक लघुपत्रिका प्रकाशन ग¥यो ।
२०५६ सालमा थारु युवा परिवार काठमाण्डौको प्रकाशन र दाङका कृष्णराज सर्वहारीको सम्पादनमा काठमाण्डौबाट लावा विहान चौमासिक पत्रिका प्रकाशन भयो । २०५६ सालमा यज्ञबहादुर डाँगीको सम्पादनमा पहल साहित्यिक पत्रिका प्रकाशन भयो । जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी रामप्रसाद जैशी प्रकाशक तथा यज्ञबहादुर डाँगी, रामप्रसाद जैशी र केएल् पिडित सम्पादक मण्डलमा रहेर यसको अर्को अंक २०५८ मा प्रकाशित भयो । २०५७ जेठमा साहित्य सम्प्रेषण अभियान दाङले टीकाराम उदासी, सुदीप गौतम र विनोद सेनको सम्पादनमा सप्तरङ्गी द्वैमासिक प्रकाशन ग¥यो ।

२०५७ सालमा प्रगतिशिल लेखक संघ दाङ शाखाको बार्षिक मुखपत्रका रुपमा बहिङ्गा प्रकाशन भयो । यसका प्रधान सम्पादक पद्मप्रसाद शर्मा थिए । २०५७ मा कोसेली साहित्य समूह जनता बिद्यापीठ बिजौरीले खगेन्द्र भुसालको सम्पादनमा सुशेली प्रकाशन ग¥यो ।

२०५८ सालमा सिर्जनशील दङाली साहित्य समूहले अर्जुन निर्दोष गिरीको सम्पादनमा बिम्ब–प्रतिबिम्ब द्वैमासिक प्रकाशन ग¥यो । २०५८ सालमा थारु भाषा साहित्य परिषद् देउखुरीको प्रकाशन र छबिलाल कोपिलाको सम्पादनमा केरनी प्रकाशन भयो । (सर्वहारी, २०६४) ।

२०५८ साउनमा लेनिन बञ्जाडे, विक्रम गौतम र प्रमोद वर्माको सम्पादनमा आँकुरा मासिक प्रकाशन भयो । २०५८ चैतमा महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा अध्ययनरत साहित्यानुरागी विद्यार्थी समूहले साहित्य सुधा द्वैमासिक पत्रिका प्रकाशन गरे । यसका सम्पादन संयोजनमा कमलमणि सन्तोषी, नरेन्द्र राना र सुशिल पुन विरही थिए । २०५८ फागुनमा आदिम प्रभात केसीको सम्पादनमा पुष्पाञ्जली लघुपत्रिका प्रकाशन भयो । २०५८ मा यादव बिद्यार्थी संघले भगवानदास यादवको सम्पादनमा साकार प्रकाशन थालेको थियो ।

२०५८ चैतमा हेमन्त शर्मा अनुरागीको प्रकाशन र सम्पादनमा नवदीप द्वैमासिक लघुपत्रिका प्रकाशन भयो । सिर्जनशिल दङाली साहित्य समूहले २०५९ बैशाखमा सिजन बम मगरको सम्पादनमा साहित्य स्वर संगम द्वैमासिक लघुपत्रिका प्रकाशन ग¥यो । २०५९ साउनमा महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा अध्ययनरत सयपत्री साहित्य समूहले बोधिकिरण महराको सम्पादनमा सयपत्री द्वैमासिक प्रकाशन ग¥यो । २०५९ मंसिरमा पानस साहित्य समूहले आदिम प्रभात केसीको सम्पादनमा पानस द्वैमासिक लघुपत्रिका प्रकाशन ग¥यो । २०५९ मंसिरमा साहित्य अनुरागी हापुर विद्यार्थी समहूले अजित प्रिन्स लामिछानेको सम्पादनमा दङाली दर्पण लघुपत्रिका प्रकाशन ग¥यो । २०५९ मा मेदनीकुमार केवलको सम्पादनमा इन्द्रेणी साहित्य परिवार लमहीले इन्द्रेणी त्रैमासिक प्रकाशन गरेको थियो ।

२०५९ मा पूर्णबहादुर बस्नेत र सुशिल पुन बिरहीको सम्पादनमा सौगात प्रकाशन भयो । २०५९ चैतमा अतिरिक्त प्रकाशन नेपालको प्रकाशन र टीकाराम उदासीको सम्पादनमा आँखीझ्याल त्रैमासिक प्रकाशन भएको थियो । २०६० बैशाखमा सल्यानी बिद्यार्थी परिषद् महेन्द्र बहुमुखी क्याम्पस दाङले कृष्णराज डिसीको सम्पादनमा बार्षिक मुखपत्रका रुपमा सल्यानी सुसेली प्रकाशन ग¥यो । २०६० साउनमा बेस दाङले एकराज चौधरीको सम्पादनमा ख्याल मासिक प्रकाशन ग¥यो । २०६० मा दाङ साहित्य तथा संस्कृती प्रतिष्ठानले साहित्य सौजन्यमाला स्मारिका प्रकाशन गरेको थियो ।

२०६१ भदौमा राजेन्द्रकुमार श्रेष्ठ, गिररोदन एम्सी र श्याम प्रयाशनीको सम्पादनमा बाल साहित्यिक द्वैमासिक पत्रिका बालमञ्जरी प्रकाशन भयो । २०६१ पुसमा सहयोग समाज नेपालले श्रमलाल चौधरीको सम्पादनमा गन्यारी त्रैमासिक प्रकाशन ग¥यो । २०६१ मा बसन्त विवश आचार्यको सम्पादनमा उत्साह गजल कुञ्ज दाङले उत्साह प्रकाशन गरेको थियो । २०६१ कार्तिकमा चेतना क्लव विजौरीले सुधन पौडेलको सम्पादनमा नवचेतना प्रकाशन गरेको थियो ।

२०६१ मै दिपशिखा छात्रावास घोराहीले डिल्लीराम ढकालको सम्पादनमा उमङ्ग, २०६१ मा स्वर्णिमक कला परिवार दाङले नारायण नेपालको सम्पादनमा स्वर्णिम कीर्ति, २०६२ मा नवयुग नाट्य समूहले दिपकराज आचार्यको सम्पादनमा नवयुग, २०६२ मा एविसी ल्याङ्ग्वेज एण्ड कोचिङ सेन्टर घोराहीले भिमसेन गिरीको सम्पादनमा राप्ती अनलाइन र यूनाइटेड समूह दाङले डिल्लीराम ढकालको सम्पादनमा नयाँ उत्साह प्रकाशन गरेका थिए । २०६२ मै अशोककुमार यादवको सम्पादनमा कोयल, राजेन्द्रकुमार श्रेष्ठको सम्पादनमा बालमञ्जरी र टिका बस्नेतको सम्पादनमा साहित्याकाश प्रकाशन भएका थिए ।

२०६३ मा शब्दलहर मुक्तक पुञ्जले सुशिल पुन बिरहीको सम्पादनमा शब्दलहर, रुकुमेली सेवा समाज तुलसीपुरले प्रबल बिष्टको सम्पादनमा रुकुमेली नवप्रतिभा र सगरमाथा कला तथा साहित्य समाज तुलसीपुरले हेमराज वलीको सम्पादनमा मधुमास प्रकाशन गरेका थिए । २०६४ मा बिद्यानिलकण्ठ क्याम्पस घोराहीले टिकाराम उदासीको सम्पादनमा बिद्यासागर, थारु भाषा तथा साहित्य उत्थान समूह देउखरले छबिलाल कोपिलाको सम्पादनमा लावा लौझी र दाङ साहित्य तथा संस्कृती प्रतिष्ठानले स्मारिका प्रकाशन गरेका थिए । २०६४ भदौदेखि राप्ती शिक्षा क्याम्पस घोराहीको मुखपत्रका रुपमा शिसा प्रकाशित भयो।

२०६५ मा पुष्पाञ्जली बाल क्लव घोराहीले अरुन पन्थीको सम्पादनमा पुष्पाञ्जली बाल आवाज, २०६६ मा अखिल नेपाल जनसाँस्कृतिक महासंघले प्रकाश पन्थीको सम्पादनमा जनसंस्कृति, छबिलाल कोपिलाको सम्पादनमा लावा डगर, उदय आलेको सम्पादनमा साझा धरातल, महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा बिए तेस्रो बर्ष अध्ययनरत बिद्यार्थीहरुले पारिजात, कृष्णप्रसाद आचार्यको सम्पादनमा अटुट र उदय आलेको सम्पदनमा देउखुरी बाल दर्पण प्रकाशित भयो ।

२०६७ मा टिकाराम उदासीको सम्पादनमा अतिरिक्त, राप्ती बिद्यार्थी सञ्जाल काठमाण्डौले श्रृजना श्रेष्ठको सम्पादनमा राप्ती संगम, देउखुरी साहित्य तथा साँस्कृतीक मञ्चले हिमोढ पहाडीको सम्पादनमा स्तम्भ, राप्ती जनसाँस्कृती संघले समीर यात्रीको सम्पादनमा आयाम प्रकाशन गरेका थिए । यसैगरी २०६७ मै ज्ञानोदय पाठक समूह गंगापरस्पुरले उदय आलेको सम्पादनमा बाल बगैंचा, लिलु गिरीको सम्पादनमा जनज्वार र तीलकराज वलीको सम्पादनमा युवा गर्जन प्रकाशित भएका थिए । २०६८ मा श्रीधर भावुकको सम्पादनमा अलङ्कार र हिमाल पुन मगरको सम्पादनमा टीकाचुली प्रकाशन भएका थिए ।

निष्कर्ष ः
दाङको पत्रकारिता पनि देशको जस्तै साहित्यिक पत्रकारिताबाट शुरु भएको छ । जिल्लामा पत्रकारिताको शुरुवात हुनुअघि भारतमा रहेका दंगालीबाट भएको देखिन्छ । दाङबाट अध्ययनका क्रममा गोरखपुर पुगेका विद्यार्थीहरूको प्रयासमा वि.सं. २०११ सालमा प्रकाशित भएको साहित्यिक पत्रिका विप्लवलाई दाङको पहिलो पत्रिका मान्न सकिन्छ । दाङ र प्युठानबाट वनारस पढ्न गएका विद्यार्थीहरूको सक्रियतामा वि.सं २०१४ सालमा सन्देश पत्रिका प्रकाशित भएको थियो ।

जिल्लामै भने २०१५ सालमा पद्मोदय पब्लिक हाइस्कुलको वार्षिक मुखपत्रका रूपमा प्रकाशित प.प. हाइस्कुल पत्रिकाबाट प्रकाशनको शुरुवात भएको थियो । समाचारमुलक पत्रिकाका रुपमा राप्ती अञ्चल पञ्चायतले रामलोचन सिंहको सम्पादनमा २०१९ माघमा प्रकाशन गरेको राप्ती सन्देश मासिक पत्रिकालाई पहिलो पत्रिका मान्न सकिन्छ । २०२१ माघ १ गतेदेखि मरिचमान सिंहको सम्पादनमा प्रकाशित राप्ती दर्पण मासिकलाई दोस्रो पत्रिकाका रुपमा लिन सकिन्छ । व्यवसायीक पत्रकारिताको शुरुवात गरी हालसम्म निरन्तर प्रकाशित पत्रिका भने युगबोध हो । २०३३ असोज १७ गतेदेखि नारायणप्रसाद शर्माको सम्पादनमा युगबोध पाक्षिकबाट शुरु भएको यो पत्रिका अहिले नयाँ युगबोध दैनिकका नाममा प्रकाशन भैरहेको छ ।

दाङमा रेडियो स्वर्गद्वारीबाट प्रशारण पत्रकारिताको शुरुवात भएको थियो । २०५९ पुस ९ गतेदेखि घोराहीबाट परिक्षण प्रसारण शुरु गरेको यस रेडियोको नियमित प्रशारण फागुन ५ गतेदेखि भएको थियो । दाङबाट सञ्चालन भएको पहिलो अनलाइन अभिलाश राजभण्डारी, इराजकिरण श्रेष्ठ र अनुप पाण्डेको सक्रियतामा २०६१ असारदेखि शुरु भएको साईबर दाङ डट टिके हो । अहिले डिजिटल पत्रकारिताको विकाससँगै प्रत्येक छापा र बिधुतीय माध्यमहरु अनलाइन र सामाजिक सञ्जालमा जोडिएका छन् ।
पत्रकार महासंघको इतिहासलाई हेर्दा २०४९ पुस ४ मा नारायणप्रसाद शर्माको नेतृत्वमा गठन भएको पत्रकार महासंघ अहिले दुर्गालाल केसीको नेतृत्वमा ११ औं कार्यसमितिसम्म आइपुगेको छ । ११ सदस्यीय कार्यसमितिबाट शुरु भएको पत्रकार महासंघमा अहिले २ सय ७३ साधारण सदस्यहरु छन् ।

सन्दर्भ सामग्री :

उदासी, टिकाराम (२०७९) ः सर्वोदय ः विमर्शको सार्थक प्रयास ः नयाँ युगबोध दैनिक । २०७९ जेठ ७ गते शनिबार ।  https://nayayougbodh.com/saugat/2022/05/21/417784

गिरी, अमर (२०७५) ः दाङको साहित्यिक पत्रकारिता ः २०७५ फागुन ७ गते प्रेस काउन्सील नेपाल र पत्रकार महासंघ दाङ शाखाले घोराहीमा आयोजना गरेको साहित्यिक पत्रकारिता गोष्ठिमा प्रस्तुत कार्यपत्र ।

गौतम, किरण (२०६९) ः नेपाली साहित्यको विकासमा दाङका साहित्यिक पत्रिकाको योगदान ः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत नेपाली केन्द्रीय विभागमा पेश गरेको स्नातकोत्तर तहको शोधपत्र ।

गौतम, सुशिल (२०६१) ः नेपाल पत्रकार महासंघ दाङ शाखा हिजोदेखि आजसम्म ः चौथो अंग । नेपाल पत्रकार महासंघ दाङ शाखा ।

जिएम्, उदय (२०६१) ः दाङ जिल्लामा पत्रकारिताको इतिहास ः चौथो अंग । नेपाल पत्रकार महासंघ दाङ शाखा ।

देवकोटा, ग्रिष्मबहादुर (२०२४) ः नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास । साझा प्रकाशन ।

नेपाल परिचय (२०७८) ः सूचना तथा प्रसारण विभाग, नेपाल सरकार, सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्यहरुको विवरण (२०७८) ः नेपाल पत्रकार महासंघ दाङ शाखाको वेवसाइट । https://fnjdang.org/?page_id=56

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट इजाजत प्राप्त एफ्एम् रेडियोहरुको विवरण । https://mocit.gov.np/detail/cable-tv-and-fm.
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट इजाजत प्राप्त केवल प्रसारकहरुको विवरण । https://mocit.gov.np/detail/digital-cable-television.

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट इजाजत प्राप्त टेलिभिजनहरुको विवरण । https://mocit.gov.np/detail/television.

पिडित, केएल् (२०६७) ः नेपाल पत्रकार महासंघ दाङ शाखा ः इतिहासदेखि बर्तमानसम्म ः चौथो अंग । नेपाल पत्रकार महासंघ दाङ शाखा ।
प्रेस काउन्सील नेपालको ४६ औं बार्षिक प्रतिवेदन २०७७÷०७८ ।
प्रेस काउन्सील नेपालमा सूचीकृत अनलाइन मिडियाहरुको नामावली ः https://www.presscouncilnepal.gov.np/np/
मिडिया डाइरेक्टरी (२०७५) ः सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय, नेपाल सरकार ।
सर्वहारी, कृष्णराज (२०६४) ः थारु पत्रपत्रिकाको विगत र वर्तमान । मिडिया अध्ययन–२ । मार्टिन चौतारी ।
शर्मा, अजय (२०७३) ः अनलाइन पत्रकारिताको अबस्था, सम्भावना र चुनौतीहरु । दाङखबर डटकमको प्रथम बार्षिकोत्सवका अवसरमा २०७३ असार ३ गते प्रस्तुत कार्यपत्र । http://dangkhabar.blogspot.com/2016/06/dang_942.html