पत्रकार महासंघ दाङले स्थापना दिवस मनाउने

घोराही– नेपाल पत्रकार महासंघ दाङले स्थापना दिवस विविध कार्यक्रम आयोजना गरेर मनाउने भएको छ । पुस १ गते रक्तदान कार्यक्रम, २ गते बंगलाचुलीमा मिडिया सम्मेलन, ३ गते पत्रकार महासंघ दाङको वेवसाइट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । पुस ४ गते पुरस्कार वितरण तथा स्थापना दिवस विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा आइतबार बसेको बैठकले स्थापना दिवस मनाउन विभिन्न उपसमिति गठन गरेको छ । शाखा अध्यक्ष दुर्गालाल केसीको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनोट समित गठन गरिएको छ । समितिका सदस्यहरुमा उपाध्यक्ष बसुन्धरा गौतम र सन्तोष सुवेदी हुनुहुन्छ । सचिव आर.के. शीतलको संयोजकत्वमा सहसचिवहरु दशरथ घिमिरे र दिप्तीशिखा चौधरी सदस्य रहेको स्थापना दिवस कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । उदय बिसीको संयोजकत्वमा दुःखहरण यादव र गिरिराज नेपाली संयोजक रहेको मञ्च व्यवस्थापन समिति, शिवराज खनालको संयोजकत्वमा अञ्जना चौधरी र उमा भण्डारी सदस्य रहेको स्वागत सत्कार समिति गठन गरिएको छ ।
बैठकले रेडियो स्वर्गद्वारीमा कार्यरत सञ्चारकर्मी रामसिंह विश्वकर्मा दुबै मृगौला फेल भई उपचाररत रहेकाले उहाँको नाममा कृषि विकास बैंकको खाता नं. ०९१९४०१९९५३२४०१७ र प्रभु बैंकको खाता नं. ०३६००२७१०५००००११ मा आर्थिक रकम सहयोग गरिदिन सम्पूर्णमा अपिल गर्ने निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद् सदस्य नरेन्द्र केसीकी आमा जानकादेवी केसीको ८७ वर्षको उमेरमा र सदस्य जीतसागर जीएमका बुवा भादुराम घर्तीको ८४ वर्षको उमेरमा हालै भएको निधनप्र्रति दुःख व्यक्त गरेको सचिव आरके शीतलले जानकारी दिनुभयो ।